२०८१ मंसिर १३ , बिहिवार

विदेश पढ्न जाने विद्यार्थीले चालु बर्षको ५ महिनामा लगे ४७ अर्ब ३५ करोड

New Note

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीसँगै ४७ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो ५ महिनामा भ्रमण व्ययतर्फ ७५ अर्ब ७३ करोड रुपैयाँ विदेशिएको छ ।

यसमध्ये शिक्षाका लागि मात्र ४७ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको हो ।

यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १८ अर्ब ५४ करोड बढी हो । गतवर्ष ५ महिनामा शिक्षामा २८ अर्ब ८१ करोड विदेशिएको थियो ।