२०८१ पुष २७ , शनिवार

म्यानमारको नौसेनाद्वारा १.४५ टन लागुऔषध बरामद

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
म्यानमारको नौसेनाले आफ्नो क्षेत्रीय जलक्षेत्रमा १.४५ टन मेथाम्फेटामाइन (आईसीई) बरामद गरेको छ । लागुऔषध दुरुपयोग नियन्त्रणका लागि केन्द्रीय समिति (सीसीडीएसी) ले बिहीबार सो घटना बारे जनाकारी गराएको हो।

अनुसन्धान अधिकारीहरूले जनवरी ४ मा म्यानमारको क्षेत्रीय जलक्षेत्रमा काठको डुङ्गाको छानबिन गर्दा उक्त लागुपदार्थ जफत गरेका हुन् ।

जफत गरिएका लागुऔषधको मूल्य ३६.२५ बिलियन क्याट (१७ मिलियन अमेरिकी डलरभन्दा बढी) रहेको बताइएको छ । यस मुद्दामा पाँच जना शङ्कासापद व्यक्तिहरूलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका पाँच अपराधीसहित सात जनालाई लागुऔषध तथा साइकोट्रोपिक पदार्थ कानून अन्तर्गत मुद्दा चलाइएको छ । यस घटना बारे थप अनुसन्धान भइरहेको बताइएको छ ।  रासस/सिन्ह्वा