२०८१ पुष २७ , शनिवार

हिमालयन बैंकले एफपीओ जारी गर्ने

himalayan-bank-agm

सुनाखरी न्युज/ काठमाडौं ।

हिमालयन बैंक लिमिटेडको ३१ औं वार्षिक साधारणसभाले धितोपत्रको थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको आइतबार सम्पन्न  वार्षिक साधारणसभाले कुल सेयर पूँजीमा आवश्यक संस्थापक र साधारण सेयर अनुपात मिलाउन अंकित मूल्यमा प्रिमियम थप गरी एफपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो । एफपीओको संख्या निर्धारण गर्ने अख्तियारी भने सञ्चालक समितिलाई प्रदान गरेको छ ।

 

साधारणसभाले बैंक तथा यसका सहायक कम्पनीहरु सहितको एकीकृत वित्तीय विवरण पारित गरेको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७९-८० को प्रतिवेदन प्रस्तुत गरे ।

श्रेष्ठले समीक्षा वर्षमा सिभिल बैंकलाई प्राप्ती गरी एकीकृत कारोबार सुरु गरेको तथा तत्कालीन सिभिल क्यापिटल मार्केट लिमिटेडलाई पनि बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले प्राप्ती गरी एकीकृत कारोबार सुरु गरिसकेकको बताए ।