२०८१ आश्विन ६ , आइतवार

‘उपहार’को फष्टलुकमा रेखा थापा

upahar_uYCzXgwajZ

सुनाखरी न्युज/ काठमाडौं।

फिल्म ‘उपहार’को फष्टलुक सार्वजनिक गरिएको छ । निर्माण युनिटले एकसाथ ४ पोस्टर फर्स्टलुक्सको रूपमा ल्याएको हो ।

माघे सङ्क्रान्तिको अवसर पारेर सार्वजनिक फर्स्टलुक्स फिल्मका मुख्य कलाकार रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल र मुकुन भुसाल लगायतले प्राथमिकता पाएका छन् । एक पोस्टरमा चिया घरलाई पृष्ठभूमिमा राखेर बनाइएको छ । जसमा रेखालाई थर्मस र चियाको ग्लास बोकेको देखाइएको छ । फर्स्टलुक्स पोस्टरमा अभिनेता मुकुन भुसाल ह्वीलचियरमा बसेका छन् । उनलाई रेखाले दुई हातले समाएर माया गरेको देख्न सकिन्छ । अभिनेत्री पूजा खुसी देखिएकी छन् भने बेनिशाले केही भन्न खोजेको देखाइएको छ ।

 

अर्कोमा अभिनेता तेज गिरी र अभिनेत्री बेनिशा हमाल बेहुला बेहुली लुक्समा छन् । जहाँ मुकुन र रेखा तथा समर्पण जंग कार्की र पूजा शर्मा पनि अटाएका छन् । त्यस्तै तेस्रोमा मुकुन, रेखा, पूजा र बेनिशा खुसी भावमा देखाइएछन् भने चौथोमा मुकुनलाई ह्वील चियरमा देखाइँदा रेखा कालो चस्मामा छाएकी छन् ।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रेखा थापा प्रस्तुतकर्ता हुन् । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता रहेका छन् । फिल्मको कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् । सार्वजनिक सबै फर्स्टलुक्सले फिल्मको कथा झल्काउने निर्देशक देउजाले बताए । ‘उपहार’ आगामी फागुन २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने छ ।