सुनाखरी न्युज/ काठमाडौं ।
गरिमाविकास बैंक लिमिटेडको सत्रौं बार्षिक साधारणसभा मिति २०८० पौष २९ गते आईतबार कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्ड,पोखरामा सम्पन्न भएको छ ।
उक्त साधारणसभाले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरी जम्मा १०% लाभांश वितरण गर्ने प्रश्ताव पारित गरेको छ । साधारणसभाले विकास बैंकको अधिकृत पुँजी बृद्धि गरी ५ अर्ब ७० करोड बनाउने, आ.व. २०८०÷८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रश्तावहरm पारित गरेको छ ।
हाल ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैंया चुक्ता पू¤जी रहेको विकास बैंकको साधारणसभाबाट पारित९.५० प्रतिशत बोनश शेयर वितरण पश्चात चुक्ता पुंजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैंयापुगेको छ । साधारणसभाको लागि २०८०पौष १७गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०८०पौष १६गते सम्म कायम विकास बैंकका शेयरधनीहरुले साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्नेछन् ।
विकास बैंकका हाल देशभर १२३ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै बैंकले हालसम्म करिब रु ८० अर्ब निक्षेप संकलन गरी करिब रु ६९ अर्ब कर्जा प्रवाह गरेको जानकारी दिनुभयो ।