२०८१ पुष २७ , शनिवार

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा पौडेल नियुक्त

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा संस्थापक समुहबाट संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको तर्पmबाट प्रतिनिधित्व गर्दै आइरहनु भएका सञ्चालक तथा अध्यक्ष सन्तोष कुमार राठीज्यूले २०८०/१०/०२ गतेबाट लागु हुने गरी आफ्नो बहाल पदबाट राजिनामा दिनु भएकोमा मिति २०८०/१०/०२ गते, मंगलबार साँझ ५:०० बजे बसेको यस संस्थाको २०१ औँ सञ्चालक समितिको बैठकले उक्त राजिनामा स्वीकृत गरेको छ ।

साथै, उक्त सञ्चालक समिति बैठकबाट नै यस संस्थाको नियमावलीमा भएको व्यवस्था बमोजिम सबै सञ्चालकहरुको सर्वसम्मतिमा हाल सञ्चालक पदमा कार्यरत रहनुभएका सुवर्ण पौडेलज्यूलाई यस संस्थाको सञ्चालक समितिको अध्यक्षमा चयन गरिएको बतए ।

अध्यक्ष सुवर्ण पौडेलज्यूले व्यवस्थापन विषयमा स्नाकोत्तर तथा हाल SME Financing मा विधावारीधी गरी रहेका छन् । उनी सँग इमर्जिङ्ग नेपाल लिमिटेडमा निमित्त प्रमुख कार्यकारी अधिकृत साथै व्यवसाय परामर्श, लगानी तथा वित्तीय क्षेत्र गरी एक दशक बढीको कार्यानुभव रहेको छ । साविकको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड र मर्जर पश्चात् हालको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा ५ वर्ष देखि सञ्चालक समितिमा रहि काम गरेको अनुभव समेत रकेको हुँदा उहाँको नेतृत्वमा संस्थाले नयाँ उचाई हासिल गर्ने संस्थाको विश्वास रहेको छ ।

“साथी संगै सबल बन्दै” भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड देशकै सबै भन्दा ठूलो शाखा संजाल र देशकै एक ठुलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित भईरहेको छ ।

त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बजाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्र्दै आएको र आगामी दिनहरुमा पनि सोहि अनुरुप कार्य गर्ने बताउनुभयो ।