सुनाखरी न्युज/ काठमाडौं ।
यु-१९ विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल आज दिउँसो पौने २ बजे न्युजिल्यान्डसँग खेल्दै छ। यु-१९ विश्वकपमा नेपालले ८ वर्षपछि न्युजिल्यान्डसँग खेल्न लागेको हो।
यू-१९ विश्वकपमा नेपाल र न्युजिल्यान्डबीचको यो तेस्रो भेट हो। यसअघिका दुवै खेलमा नेपालले जित निकालेको थियो। नेपाल र न्युजिल्यान्डबीच सन् २००६ को विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा भएको थियो।
श्रीलंकमा भएको सो विश्वकपमा नेपाल र न्युजिल्यान्डको युवा टिमले प्लेट च्याम्पियनको फाइनलमा प्रतिस्पर्धा गरेका थिए। समूह चरणमा पराजित हुने टिमबीच हुने यो फाइनलमा नेपालले जित निकालेर इतिहास रचेको थियो।
कोलम्बोमा भएको खेलमा नेपालले १ विकेटको रोमाञ्चक जित निकालेको थियो।