२०८१ मंसिर १३ , बिहिवार

जनकपुरबाट अयोध्या जाने भनिएको रेल यात्रा रद्द

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरबाट जाने भनिएको विशेष रेल सेवा रद्द भएको छ ।  सुरक्षाको कारण देखाउँदै भारतले अनुमति नदिएपछि जनकपुरबाट जाने भनिएको रेल यात्रा रद्द भएको हो ।

शनिबार बिहान नेपाल रेल्वे कम्पनीका प्रबन्धक निरञ्जन झाले सम्बन्धित निकायबाट स्वीकृति लिएर प्राण प्रतिष्ठामा जनकपुरबाट भारतीय २० बोगीको रेल जाने व्यवस्था मिलाएको जानकारी दिएका थिए ।

उनका अनुसार शनिबार अपराह ४ बजेदेखि टिकट बुकिङ खुला गरिएको थियो । उक्त रेल आज बिहान ६ बजे अयोध्या प्रस्थान गर्ने भनिएको थियो । तर शनिबार साँझ रेल्वे कम्पनीले भारत सरकारले अनुमति नदिएकाले विशेष रेल सेवा रद्द भएको जानकारी दिनुभयो ।