२०८१ पुष ११ , बिहिवार

क्यामरा च्याम्पियन रियलमी सि ५३

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
अहिले मानिसहरुमा उत्कृष्ट क्यामरा र अत्याधुनिक प्रविधियुक्त स्मार्टफोनहरु प्रतिको आकर्षण विश्वव्यापी रुपमा बढ्दो छ । चाहे आफ्नो जीवनका अमूल्य पलहरू कैद गर्न होस् वा लेटेस्ट प्रविधिको प्रयोगकालागि होस्, सबैले अत्याधुनिक प्रविधियुक्त र जोडदार क्यामरा भएको उत्कृष्ट स्मार्ट फोन खोज्छन् ।

राम्रो फोटो खिच्न, आफ्ना साथीभाई वा आफन्तसँग राम्रोसँग भिडियो कल गर्न या अहिलेको व्यस्त जीवनशैली सुहाउँदो ग्याजेट चलाउने चाहनाकै लागि भए पनि मानिसहरुले नयाँ किन्ने स्मार्टफोनमा क्यामरा चाँहि उत्कृष्ट नै खोज्छन् ।
ग्राहकहरुको यही माग र चाहनालाई सम्बोधन गर्न रियलमीको नयाँ मोडल रियलमी सि ५३ अहिले कम्पनीले बजारमा ल्याएको छ ।

रियलमी सि ५३ मा १०८ मेगा पिक्सेलको अल्ट्रा–क्लियर क्यामरा रहेको बताए जुन यो मूल्यमा पाउने फोनहरुमध्य सबैभन्दा धेरै हो । यदि तपाई कम मूल्यमा राम्रो क्यामरा भएको फोन खोज्दै हुनुहुन्छ भने रियलमी सि ५३ सही रोजाइ हुने जनाए ।

बेजोड फोटोग्राफी :
यसमा भएको सबैभन्दा ठूलो क्यामरा सेन्सरले फोटोमा हरेक रंगहरू प्रष्ट देखाउनुका साथै कम उज्यालोमा पनि सानो–सानो डिटेल सहित फोटो खिच्ने कम्पनीले जनाए । साथै यसको ३ टाईम्स इन–सेन्सरजूमले कुनै तस्विरहरु जूम गर्नुप¥यो भने पनि १००% रेजोलुसनमा फोटो खिच्न सक्छ ।

रियलमीको सीसिरिजमा यस्तो फिचर भएको यो पहिलो मोडल रहेको कम्पनी ले जनाए । १०८ एमपिको क्यामरा भएपनि यसको फोटो प्रोसेसिङ टाईम कम भएकोले फुल रेजोलुसनमा खिच्दा पनि समय लाग्दैन। साथै यसमा भएको ०.३ एमपिको क्यामराले सुन्दर पोट्रेट शटहरु लिन्छ भने सेल्फीको लागि ८ एमपिको क्यामरा राखिएको छ जसले तपाईको सेल्फी गेम खतरा बनाउँछ ।

उत्कृष्ट डिजाइनः
रियलमी सि ५३ को क्यामरा मात्र हैन, डिजाइन पनि उत्कृष्ट रहेको बताए। अल्ट्रा–स्लिम र प्रिमियम डिजाइन रहेको यस रियलमी सि ५३ कम्प्याक्ट र हलुका तौलको छ । जसले गर्दा यो स्मार्टफोन ग्राहकहरूका लागि उत्कृष्ट विकल्प बन्न पुगेको छ ।

शक्तिशाली ब्याट्री
५००० एमएएचको शक्तिशालि ब्याट्री र १८ वाटको फास्ट चार्जर सहित आउने यस रियलमी सि ५३ मा दिनभरी आरामसँग भिडियो हेर्न अथवा गेम खेल्न मिल्ने जनाए ।

दमदार पर्फर्मेन्स
रियलमी सि ५३ मायुनिसक टाइगर टि ६१२ अक्टाकोर प्रोसेसर राखिएको छ भने स्टोरेज अप्सन चाँहि ६+१२८ जिबि र ४+१२८ जिबिको रहेको छ । यो मेमोरीलाई अझै १२ जिबि सम्म एक्सपान्ड गर्न सकिन्छ । ६.७४ इन्चको फुल एचडी डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट र ५६० निट्स ब्राइटनेस भएको यो रियलमी सि ५३ मा गेम खेल्न पनि उपयुक्त छ ।

च्याम्पियन गोल्ड र च्याम्पियन ब्ल्याक जस्ता आकर्षक रङहरुमा उपलब्ध रहेको यस रियलमी सि ५३ को ४+१२८ जिबि भेरिएन्टको मूल्य रु. १७,९९९ रहेको छ भने ६+१२८ जिबि भेरिएन्टको मूल्य रु. १८,९९९ रहेको बताए ।