२०८१ मंसिर १२ , बुधवार

काठमाडौंको तापक्रम ३.४ डिग्री सेल्सियस मापन

wheather 3

सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ । काठमाडौंसहित अधिकांश जिल्लामा केही दिन जाडो बढेको छ । दिउँसो घाम लागे पनि बिहान–बेलुका अत्यधिक जाडो हुँदा जनजीवन प्रभावित भएको छ ।

काठमाडौं उपत्यकामा आज बिहान यस वर्षको हिउँद अवधिमा अहिलेसम्मकै जाडो महसुस भएको छ । किनकी आज बिहान पौने नौ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ । सोमबार बेलुका काठमाडौंको न्यूनतम तापक्रम अझै घटेर ३.२ डिग्री सेल्सियस थियो ।

केही दिन तराई मधेशका जिल्लाहरुमा मध्याह्नसम्म बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेको छ । यसले गर्दा दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेहरु र न्याना कपडाको अभाव भएकाहरु समस्यामा परेका छन् ।