२०८१ पुष २७ , शनिवार

उच्च पदस्थ व्यक्तिहरुको नाम र तस्वीर दुरुपयोग, सचेत रहन राष्ट्र बैंकको आग्रह

nrb-nepal-rashtra-bank-2-1024×595

सुनाखरी न्युज
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले उच्च पदस्थ व्यक्तिहरुको नाम र तस्वीर दुरुपयोग गर्दै ह्वाट्स एप, म्यासेन्ज, भाइबर खाता संचालन गरिएको भन्दै सरोकारवाला सबैको ध्यानकर्षण गराएको छ ।

बैंकले उच्च पदस्थ व्यक्ति, संस्था प्रमुखको नाम र तस्बिर दुरुपयोग गर्दै खोलिएको ह्वाट्स एप, म्यासेन्ज, भाइबर खाताबाट विभिन्न बाहानामा रकम पठाइदिने सन्देश पठाउने गरेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेको छ ।

बैंकद्वारा जारी सूचनामा भनिएको छ, ‘विभिन्न निकायका उच्चपदस्थ व्यक्ति तथा संस्था प्रमुखहरूका नाम र तस्वीर दुरूपयोग गरी ह्वाट्स एप, म्यासेन्ज, भाइबर खाताबाट ठगी गर्ने उद्देश्यले विभिन्न बहानामा रकम पठाइदिन सन्देश पठाउने गरेको पाइएको छ ।’

बैंकले आफ्ना चिनजानका व्यक्ति वा उच्चपदस्थ व्यक्तिले सहयोग मागेको जस्तो वा कुनै आग्रह गरेजस्तो देखिने भएकोले यस्ता सन्देशको विश्वास गरी वित्तीय कारोबार नगर्न आग्रह गरेको छ ।

 

यस्तै, बैंकले डिजिटल वित्तीय कारोबारमा अनलाइन ठगीको जोखिम रहने हुँदा जुनसुकै कारोबार गर्दा अत्यन्तै सावधानीका साथ रकम प्राप्त गर्ने व्यक्तिको विवरण यकीन गरेर मात्र कारोबार गर्ने आग्रह गरेको छ ।