२०८१ पुष २७ , शनिवार

लक्ष्मी सन्राइज बैंकले नेपाली डिजिटल बैँकिङ्गको रूपान्तरण गर्दै

ban

सुनाखरी न्युज/ काठमाडौं ।
लक्ष्मी सन्राइज बैंकले आधुनिक बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ्ग सेवा Orange NXT को थालनी गरेको छ । F1Soft अन्तर्गतको FoneNXT सँगको सहकार्यमा सुरु गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको बैंकले जनाए ।

OrangeNXT ले मोबाईल बैंकिङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्ने देखी लिएर मुद्दती खाता, Goal-Based Deposit जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरु प्रदान गर्नेछ । ग्राहकहरुको बदलिँदो आवश्यकता अनुकुल बैंकिङ्ग सेवा दिने लक्ष्मी सन्राइज बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्याउने बताए ।

लक्ष्मी सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार नेपालको डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा OrangeNXT कोशेढुङा साबित हुन सक्ने बताए । परम्परागत मोबाईल बैंकिङ्ग सेवालाई समेत समानन्तर रूपमा विकास गर्दै, OrangeNXT मार्फत बैंकिङ्ग सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरुलाई प्रभावकारी बैंकिङ्ग सेवा प्रदान गरिने बैंकले जनाए ।

foneNXT का प्रमुख कार्यकारी अधिकृत सनत कुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ्ग प्रदान गर्ने मूलभुत उद्देश्यले OrangeNXT ले को विकास गरिएको हो । परिकल्पनात्मक सोचबाट प्रेरित यस  OrangeNXT  ले ले बैंकिङ्ग अनुभवलाई आमूल परिवर्तन ल्याउदैँ ग्राहकहरुको अपेक्षाहरु पूरा गर्ने वहाँको विश्वास रहेको छ ।

यस अभुतपूर्व यात्रामा आफ्नो विशिष्ट  FinTech दक्षताको माध्यमबाट OrangeNX  को सेवालाई थप उचाई दिने FoneNXT  को रणनैतिक सहभागिताको लक्ष्मी सन्राइज बैंकले सह्रहना गरे ।