सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भाग नलिने भएका छन् । उपप्रमुख सनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै छन् ।
‘उहाँ मतदान गर्न जानु भएको छैन, कार्य व्यस्तताको कारण मतदान गर्न नजानु भएको भन्ने बुझिएको छ । बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने, ‘जाने कुरो पनि छैन,’ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशको तर्फबाट राजधानी हेटौंडामा मतदान भइरहेको छ ।
उपप्रमुख सुनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगेकी छन् ।