सुनाखरी न्युज/ काठमाडौं ।
आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हासिल गरेको छ ।
दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा नेपालका आकाश चन्दले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । उनले खेलको ५ दशमलव ५ ओभरमा जमशिद जार्डनलाई आउट गराएका हुन् ।
यससँगै उनले अफगानिस्तानविरुद्धको खेलमा दोस्रो विकेट लिएका छन् ।