२०८१ मंसिर ११ , मंगलबार

राष्ट्र बैंकले गर्‍यो आधा दर्जन बैंक वित्तीय संस्थालाई कारबाही

nrb-nepal-rashtra-bank-1024×573

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०-८१ को दोस्रो त्रैमासमा आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको हो ।

कारबाहीमा पर्ने बैंक तथा वित्तीय संस्थाको सूचीमा ३ वाणिज्य बैंक, २ विकास बैंक र १ फाइनान्स कम्पनी छन् । केन्द्रीय बैंकको सुपरभिजन विभागले स्थलगत अनुगमनका क्रममा नियमविपरित काम गरेको पाइएपछि कारबाही गरेको जानकारी दिइएको छ ।

नेपाल राष्ट्र बैंकको नियम उल्लंघन गरेपछि ग्लोबल आईएमई, हिमालयन र प्रभु बैंक कारबाहीमा परेका छन् । यस्तै, मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक समेत केन्द्रीय बैंकको फन्दामा परेका छन् । यसबाहेक, रिलायन्स फाइनान्सलाई समेत राष्ट्र बैंकले कारबाही गरेको छ ।

 

बैंक तथा वित्तीय संस्थाहरुले सेवाग्राहीसँग नियमभन्दा बढी ब्याज असुल गरेर फिर्ता नगरेको पाइएको थियो । यस्तै, कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीवापत कायम गर्नुपर्ने व्यवस्था नगरेको लगायत छन् ।

यस्तै, अनुगमनका क्रममा पुँजी पर्याप्तता गणना गर्दा नेपाल राष्ट्र बैंकको नियम नमानेको लगायतका नियम उल्लघंन गरेको पाइएको थियो ।