२०८१ मंसिर १२ , बुधवार

बाक्लो हुस्सु र शीतलहरका कारण नेपालगञ्ज विमानस्थल अवरुद्ध

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेपालगञ्ज विमानस्थलबाट काठमाडौं, पोखरा तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान दुई दिनदेखि अवरुद्ध भएको छ । बाक्लो हुस्सुका कारण शनिबार बिहानदेखि उडान हुन नसकेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ ।

हवाई उडानका लागि १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने भए पनि ७ /८ मिटर मात्रै भिजिबिलिटी भएका कारण उडान हुन नसकेको हो । उडान अवरुद्ध भएपछि यात्रुहरु मौसम खुल्ने आशमा विमानस्थलमै बसिरहेका छन् ।

दुई दिनदेखि उडान अवरुद्ध हुँदा करिब एक हजार यात्रु नेपालगञ्जमा रोकिएका छन् । उपचारका लागि काठमाडौं जाने यात्रु अझ बढी समस्यामा परेका छन् ।