२०८१ मंसिर १६ , आइतवार

आजको मौसमः रातिदेखि केही ठाउँमा हिमपात र वर्षाको सम्भावना

weither

सुनाखरी न्युज/ काठमाडौं ।
पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण बुधबार अपराह्नदेखि नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत देशका अन्य पहाडी भू-भागका धेरै स्थानहरूमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ।

 

महाशाखाले आगामी २४ घण्टामा कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक-दूई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक उपाय र सतर्कता अपनाउन आग्रह गरेको छ ।

न्यूनचापीय प्रणालीका कारण बुधबारदेखि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका धेरै स्थानहरूमा तथा वाग्मती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।

 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही भू-भागहरूमा तथा वाग्मती र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । साथै उक्त प्रणालीका कारण बुधबार र बिहीबार तापक्रम घटेर हल्का चिसो बढ्न सक्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । आउँदो शुक्रबारदेखि भने क्रमशः सुदूरपश्चिम प्रदेशबाट मौसममा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।