सुनाखरी न्युज/ काठमाडौं ।
साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।
आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन अर्थात बिहीबार प्रतितोला १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीमा पनि सामान्य वृद्धि भएको छ । बिहीबार १४१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज शुक्रबार प्रतितोला १४१५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।