२०८१ मंसिर १४ , शुक्रवार

आसन्न दोहा सम्मेलनमा सक्रिय भूमिकाका लागि अफगान महिलाहरूद्वारा राष्ट्रसङ्घसँग आग्रह

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
अफगानी महिला आन्दोलनका प्रमुख सदस्यहरूले अफगानिस्तानमा हुने दोहा सम्मेलनमा महिलाहरूको सक्रिय सहभागिताको वकालत गर्न संयुक्त राष्ट्रसङघलाई आग्रह गरेको खामा प्रेसले जनाएको छ ।संयुक्त राष्ट्रसङघलाई पठाइएको पत्रमा अफगान महिलाहरूसँग परामर्श नगरी अफगानिस्तानको भाग्यबारे हुने कुनै पनि निर्णय स्वीकार्य नहुने बताइएको छ ।

राष्ट्रसङलाई पठाएको खुला पत्रमा लगभग १० वटा विरोध आन्दोलनका हस्ताक्षरहरु समावेस छन् । महिला अधिकारकर्मीहरूबीचको भर्चुअल बैठकपछि बुधवार उक्त पत्र जारी गरिएको हो ।संयुक्त राष्ट्रसङघको दोहा सम्मेलन फेब्रुअरी १८–१९ का लागि तय भएको छ ।अफगानिस्तानको बिषयमा केन्द्रित यो दोस्रो दोहा सम्मेलन हो । संयुक्त राष्ट्रसङघले लगभग आठ महिना अघि पहिलो सम्मेलन आयोजना गरेको थियो ।

प्रारम्भिक दोहा सम्मेलनमा अफगान महिलाहरूको प्रतिनिधित्व नभएको बताइएको छ ।यसबाहेक, संयुक्त राष्ट्रसङघलार्ई पठाइएको पत्रमा अफगानिस्तानमा केटीहरूको मानहानि हिरासत, लैङ्गिक हिंसादेखि लैङ्गिक रङ्गभेदका कार्यसहित महिला अधिकारको उल्लङ्घनलाई ध्यानमा राख्दै महिलाको अर्थपूर्ण उपस्थिति महत्वपूर्ण रहेको उल्लेख गरिएको छ ।

यस सम्मेलनमा सहभागी हुन तालिवान सरकारका अधिकारीहरूलाई पनि निमन्त्रणा गरिएको छ ।अफगानिस्तानमा महिलाहरू आधारभूत मानव अधिकारबाट वञ्चित भएकाले विगत साढे दुई वर्षदेखि तालिबानले महिलाविरुद्ध गरेको कठोर कारबाहीविरुद्ध महिला अधिकारकर्मीहरू लडिरहेका छन् । पछिल्लो समयमा उनीहरूलाई सम्मेलनमा अर्थपूर्णरूपमा समावेश गर्नुपर्ने तर्क गरिरहेका छन् ।

महिला अधिकारकर्मीहरू मध्येका एक मिना रफीकले तालिबानको नीतिलाई सक्रिय रूपमा विरोध गर्ने महिलाहरूलाई दोहा सम्मेलनमा आमन्त्रित गर्नुपर्ने कुरामा जोड दिनुभएको छ ।अघिल्ला सम्मेलनहरूमा, वास्तविक महिला प्रतिनिधिहरू अनुपस्थित रहेकाले प्रभावकारी नभएको बताउदै दोहा सम्मेलनमा तालिवानका नीतिहरूको सक्रिय रूपमा विरोध गर्ने र लड्ने महिलाहरूलाई आमन्त्रित गर्नुपर्ने उहाँले बताउनुभयो ।

खामा प्रेसका अनुसार दोहा सम्मेलनले टर्कीका पूर्व कूटनीतिज्ञ फेरिदुन सिनिरिओग्लुले राखेका प्रस्तावहरूबारे छलफल र वार्ता गर्नु हो ।स्रोतका अनुसार यस सम्मेलनमा अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङघका लागि नयाँ दूत नियुक्तिका बारेमा छलफलसमेत हुनेछ ।रासस/एएनआई