२०८१ पुष २७ , शनिवार

“बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गर्ने पक्राउ”

arrested

सुनाखरी न्युज/ काठमाडौं ।
मालपोत कार्यालय डिल्ली बजारको मिति २०३७/०७/२० को निर्णयले बाँसबारी छाला तथा जुत्ता कारखाना लि.को नाममा श्रेस्ता कायम भएको काठमाडौ जिल्ला साविक नगर २२ (छ) कि.नं. ५० को १८-३-२-० जग्गा श्री ५ को सरकारको निर्णय बिना संचालक समितिलाई समेत कारखानाको नाममा श्रेस्ता कायम भएको जग्गा बेचबिखन गर्ने कुनै अधिकार नभएको अवस्था कानून बिपरीत संचालक समितिले आफुलाई फाईदा र श्री ५ सरकारलाई हानी नोक्सानी गर्ने उदेश्यले मिति २०४३/०५/१०गते बाँसबारी छाला जुत्ता कारखानाको तर्फवाट कार्यकारी अध्यक्ष अजित नारायण सिंह थापाले अरुण चौधरी समेत संचालक रहेको च्याम्पियन फुटवयेर लि।को नामक कम्पनी खडा गरी सो

कम्पनीको जारी पूँजी ५० लाख को २५५ शेयर लिने गरी क्यानभास जुत्ता उत्पादन गर्ने भनी कारखानाको नाममा श्रेस्ता कायम रहेको जिल्ला काठमाडौ साविक नगर २२ ९छ० कि.न. ५० को १८-३-२-० जग्गा मध्येको १० रोपनी जग्गाको हक हस्तान्तरण गरेको, च्याम्पियन फुटवयेर लि।को जारी पूँजी ५० लाख रहेकोमासो पूँजीको २५५ शेयर लिने गरी तत्कालिन संचालक समितिले निर्णय गरेको,सम्झौता वमोजिम

रु. १२ लाख पचास हजार लगानी गर्नु पर्नेमा २६,००,२७८/२१ लगानी गरी श्री ५ को सरकारलाई हानी नोक्सानी पुर्याई आफूहरुले आर्थिक लाभ लिएको सम्बन्धमा साविक मुलुकी ऐन २०२०को किर्ते कागज र ठगीको महललाई निरन्तरता दिएकोमुलुकी अपराध संहिता, २०७४ को दफा २४९ र २७६ बमोजिमको कसुर अनुसन्धानको लागी निम्न मानिसहरुलाई पक्राउ गरी कानून बमोजिम अनुसन्धान भईरहेको जनाए

पक्राउ व्यक्तिको विवरण :
१)नाम थर : अजित नारायण सिंह थापा (८० बर्ष)
ठेगाना : स्जिल्ला काठमाडौ का.म.पा. वडा नं. ९ तत्कालिन बाँसवारी छाला जुत्ता कारखाना लि.को कार्यकारी अध्यक्ष

२) नाम थर : अरुण कुमार चौधरी ( ६०बर्ष)
ठेगाना: जिल्लाकाठमाडौका.म.पा. वडानं. २६ तत्कालिनच्याम्पियन फुटवयेर लि.र प्रा.लि.का शेयर धनी तथा संचालक

३)नाम थर : संजय ठाकुर (४५ वर्ष)
ठेगाना : महोत्तरी जिल्ला महोत्तरी गांउपालिका वडा नं. १ च्याम्पियन फुटवेयरप्रा.लि.र सि.जि. चांदवाग रेसिडेन्सी प्रा.लि.का संचालक