२०८१ मंसिर १६ , आइतवार

पोखरामा खुकरी फ्रेन्ड्स अफ फेस्टिभल हुँदै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
सौन्दर्य र पानी रङको राजधानी पोखरालाई शब्दको सहर बनाउने ध्येयका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलमा विगत तीन संस्करण देखि नेपाल डिस्टिलरीको पनि साथ रहँदै आएको छ।

‘जहाँ शब्दहरु जीवन्त हुन्छन्’भन्ने मूल नाराका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलले प्रत्येक संस्करणमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय लेखक, कलाकार, अभियन्ता, पत्रकार, बुद्धिजीवी, अर्थशास्त्री, सेलिब्रेटी र राजनीतिक व्यक्तित्वहरुलाई सन्२०१६देखि पोखरामा भेला गराई समसामयिक विषय वस्तुमा अन्तत्र्रिया र अन्तर्संवाद सम्पन्न गर्दै आएको छ।साथै प्रत्येक दिनको अन्तिम सत्रमा विभिन्न कलाकारका साथ साङ्गीतिक प्रस्तुति राख्दै आएको छ।

कलाको सबैभन्दा सशक्त माध्यमका रुपमा सङ्गीतले मानिसलाई आकर्षित गर्दछ र जटिल भावनाहरुलाई अरुसम्म अभिव्यक्ति गरी मानिसहरुलाई तरङ्गित बनाउने सामाथ्र्य राख्छ।जुनसुकै उमेर, जाति, राष्ट्रियता वा स्वभावका श्रोताहरुलाई भावनात्मक रुपमा उत्प्रेरित गर्ने शक्ति सङ्गीतमा हुन्छ।यिनै विषयलाई अनुभूत गर्दै यस वर्षदेखि संस्थागत रुपमै यस अभियानमा होस्टेमाहैंसे गर्दै फेन्ड्स अफ फेस्टिभल समुदायको सुरुवात गर्न पाउँदा गौरवान्वित छौं।

फेवा किनारमा पाँचदिनसम्म आयोजना हुने यसवर्षको खुकरीफ्रेन्ड्स अफ फेस्टिभलमा हामीले साङ्गीतिक सत्रका रुपमा पहिलो दिन कुमार नगरकोटीको काव्यिक प्रस्तुति, दोस्रो दिन कुटुम्ब ब्यान्ड, तेस्रो दिन, प्रा.डा. धु्रवेश चन्द्र रेग्मी अनि उनको समूह र दब्लुफ्रेट ब्यान्ड तथा अन्तिम दिन विपुल क्षेत्री एन्ड दट्राभलिङ ब्यान्डका प्रस्तुति रहने छन्।साहित्यिक र साङ्गीतिक अन्वेषणको यो नौलो यात्राको सुरुवातमा यहाँहरुको सहयोगको अपेक्षा गरिएको नेपाल लिटरेटर फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले बताए।

खुकरी फ्रेन्ड्स अफ फेस्टिभलले आउँदा दिनमा साहित्य, काव्य र सङ्गीतलाई अन्तर घुलन गर्दै यसमा विश्वास गर्ने विशेष समुदाय निर्माणको लक्ष्य राखेको छ।यस कार्यक्रमलाई इभेन्ट एमएक्सले व्यवस्थापन गर्नेछ।
https://www.eventmx.com/ र मा अनलाइन मार्फत र पोखरा अनि काठमाडौंका पोखरा पिज्जा हाउस आउटलेटमा फेस्टिभलका टिकट उपलब्ध छन्।