२०८१ पुष २८ , आइतवार

विलियम्सनद्वारा आफ्नो अभियान अन्त्य गरेको घोषणा

sunakhari2502

सुनाखरी न्युज/काठमाडौं ।
अमेरिकी लेखिका मारिअन विलियम्सनले आफ्नो सन् २०२४ को राष्ट्रपतीय निर्वाचन अभियान अन्त्य गर्नुभएको छ ।डेमोक्र्याट सांसद विलियम्सनले युट्युब भिडियोमार्फत् आफ्नो पछिल्लो धारणा व्यक्त गर्दै भन्नुभएको छ, “राष्ट्रपतिका लागि मेरो अभियान स्थगित गर्ने समय आएको छ ।”

विलियम्सनको बहिर्गमनसँगै अमेरिकी सांसद डीन फिलिप्स डेमोक्र्याटिक पार्टीको तर्फबाट वर्तमान राष्ट्रपति जो बाइडेनका लागि एक मात्र प्रतिद्वन्द्वी बन्नुभएको छ । उहाँले न्यू ह्याम्पसायर र नेभाडा प्राइमरीमा सहज जित हासिल गरिसक्नुभएको छ ।

अमेरिकाका पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले रिपब्लिकन पार्टीको आयोवा ककस र न्यू ह्याम्पसायरको प्राइमरीमा विजय हासिल गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपतिको प्राइमरी निर्वाचन जुन महिनासम्म चल्नेछ । डेलिगेट्सले आधिकारिक रूपमा पार्टीको राष्ट्रपति पदका उम्मेदवार चयन गर्ने रिपब्लिकन नेशनल कन्भेन्सन जुलाईमा हुनेछ भने डेमोक्रेटिक नेशनल कन्भेन्सन अगस्टमा हुनेछ ।दुबै दलबाट निर्वाचित नेता सन् २०२४ नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि योग्य हुनेछन् ।  रासस/एएफपी