सुनाखरी न्युज/ काठमाडौं ।
दक्षिणपूर्वी जर्जियाली शहर रूस्ताभीमा आक्रमणकारी समूहले गाली हानी चार जनाको हत्या गरेको छ । प्रहरीले आक्रमणमा सम्लग्न भएको आरोपमा एक व्यक्तिलाई नियन्त्रणमा लिएको त्यहाँको गृह मन्त्रालयले शुक्रबार जनाएको छ ।
सन् १९८८ मा जन्मिएका ती संदिग्ध आक्रमणकारीले राजधानी त्बिलिसीबाट २५ किलोमिटर टाढा एक लाख २६ हजार मानिसको औद्योगिक केन्द्र रूस्तावी शहरको बजारमा केही राउण्ड गोली चलाएका थिए ।“बजारमा काम गर्ने संदिग्धका काकासहित चार जनाको मृत्यु भएको छ,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।’शङ्कास्पद व्यक्तिलाई घटनास्थलबाट नै सुरक्षा नियन्त्रणमा लिइएको छ मन्त्रालयले जनाएको छ ।
उक्त आक्रमणमा अर्का एक जना घाइते भएका र उनलाई अस्पताल लगिएको छ ।समाचार तयार पार्दासम्म आक्रमण के उद्देश्यले गरिएको थियो भन्नेबारे अझै नखुलेको र घटनाबारे अनुसन्धान शुरू गरिएको प्रहरीले जानकारी गराएको छ ।जर्जियामा अवैध रूपमा हतियार राख्नेलाई छ वर्षको जेल सजाय हुन सक्छ त्यसैले सशस्त्र झडपका घटना विरलै हुने गरेका छन् ।
गत वर्ष एक अवकाशप्राप्त सैनिक अधिकारीले देशको पूर्वी काखेती क्षेत्रमा आक्रमण गर्दा प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको र अन्य पाँच जना घाइते भउका थिए ।सन् २०१४ मा, जर्जीया सरकारले पहिले खुकुलो पारिएका बन्दुकसम्बन्धी कानुनहरूलाई कडा बनाएको थियो, जसले गर्दा मानिसहरूले विशेष अनुमति बिना बन्दुक किन्न वा बोक्न गैरकानुनी हुने घोषणा गरिएको थियो । रासस/एएफपी