सुनाखरी न्युज/ काठमाडौं ।
तालिम अभ्यासका क्रममा विमान दुर्घटना हुँदा रोयल जोर्डन वायुसेनाका दुई जना पाइलटको मृत्यु भएको छ ।
ज्य सञ्चालित पेट्रा समाचार एजेन्सीले आइतबार जनाए हनुसार मारिएका दुई जना मेजर पाइलट उमर अता अल-अब्बादी र क्याप्टेन पाइलट मोहम्मद अब्दुल्लाह अल-खुदैरको रहेका छन्
। विमान उत्तरी शहर माफ्राकमा रहेको किङ्ग हुसेन एयर बेसमा दुर्घटनाग्रस्त भएको पेट्राले जनाएको छ ।दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ ।
रासस/सिन्ह्वा