सुनाखरी न्युज/ काठमाडौं ।
संयुक्त राष्ट्रसङ्घीय बालकोष (यूनिसेफ) ले पूर्वी कङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) मा विस्थापितहरूको शिविरमा भएको बम विस्फोटको निन्दा गरेको छ ।हिंसाबाट भागेका परिवारहरू सुरक्षा प्रदान गर्ने ठाउँमा मृत्यु रण गर्नु तथा घाइते हुने कुरा अकल्पनीय भएको कङ्गोका लागि युनिसेफका प्रतिनिधि ग्रान्ट लेइटीले बताउनुभयो ।
उहाँले द्वन्द्वका सबै पक्षहरूलाई निर्दोष नागरिक तथा बालबालिकाको जीवन रक्षा गर्न आह्वान गर्नुभयो । अपराधीहरूलाई जवाफदेही बनाउन र बालबालिका र उनीहरूका परिवारका लागि सुरक्षा बलियो बनाउनु सरकारको जिम्मेवारी रहेको लेइटीले बताउनुभयो ।
उत्तरी किवु प्रान्तको साकेको बाहिरी इलाकामा विस्थापित मानिसहरूका लागि जाइना शिविरमा सोमबार भएको विस्फोटमा बालबालिकासहित केही व्यक्तिको मृत्यु हुनुका साथै केही घाइते भएका थिए ।हालैका महिनाहरूमा पूर्वी कङ्गोमा भएको तीव्र द्वन्द्वले विशाल जनसङ्ख्यालाई आधारभूत मानवीय सहायताको आवश्यकता भएको छ ।
जनवरी २०२४ मा उत्तरी कीभूमा नयाँ विस्थापितहरूको सङ्ख्या सन् २०२३ जनवरी २३ को तुलनामा निकै बढी भएको छ । विज्ञप्ति अनुसार अहिले उक्त प्रान्तमा ११ लाख विस्थापित व्यक्ति रहेका छन् । रासस/ सिन्ह्वा