सुनाखरी न्युज/ पोखरा ।
प्रणय दिवसको छेको पारी पर्यटकीय गाउँ घार्मीमा लभ वाईट रेष्ट्रो एण्ड कटेज संचालनमा आएको छ ।दुई दशक खाडीका विभिन्न मुलुकमा रोजगारीका लागी विताएका स्थानिय युवा हिमलाल पौडेलले पोखरा १९ घार्मी डाँडामा उक्त रेष्ट्रो संचालनमा ल्याएका हुन ।
विदेशमा सिकेको सीप आफ्नै गाउँमा लगाउने हेतुले व्यवसाय शुरु गरेको संचालक पौडेलले वताए । “जिवनको महत्वपुर्ण समय साउदी, कतार र ओमानमा विताए पौडेलले भने— “अव त्यहाँ सिकेको सिप यही लगाउँछु, विदेशमा निकै दुख गरियो, अब यही गर्ने हो ।
“ आफ्नै एकल लगानीमा संचालन गरेको रेष्ट्रोमा यही उत्पादन भएका अर्गानिक खानाका साथै स्थानिय उत्पादनलाई नै प्रर्वद्घन गर्ने तयारी उनले गरेका छन । आफ्नै बारीमा उत्पादन भएको तरकारी, गाई, भैंसीको दुध, दही, घिउ र यहीको चामल, मकै, कादोवाट बनेका परिकार नै यहाँको विशेषता हुने पौडेलले वताए । उत्तरमा माछापुच्छ्रे, अन्नपुर्ण हिमश्रृंखला सहित पोखराको मनोरम दृश्य हेरेर आफ्नै रोजाईको परिकार खान सकिने उनको दावी छ ।
उक्त कटेज संचालनका लागी करिव दश लाख खर्च भैसकेको र कटेजसँगै जोडिएको आफ्नै निजी जग्गामा अव चिल्ड्रेन पार्क बनाउने लक्ष्य समेत रहेको उनले वताए ।शहरवाट केही टाढा प्राकृतिक दृश्यावलोकन गरी रमाउन चाहानेका लागी बास बस्ने सुविधा समेत रहेको वताईएको छ ।संचालनको अवसरमा ग्राहकलाई यहीका उत्पादनवाट बनेका परिकारमा छुटको व्यवस्था रहेको तथा पिकनिक आउने समुहलाई पनि केही छुट गरिएको उनले जानकारी दिए ।
पछिल्लो समय घार्मी पिकनिक स्पोटका लागी महत्वपुर्ण स्थल वनेको छ ।विदेशमा रहँदा गीत र साहित्य लेखनमा समेत लागेका पौडेलका प्रमोद खरेलको स्वरमा रहेको सात समुन्द्र पारीवाट, विरदाश श्रेष्ठको आवाजमा सागर भन्दा गहिरो गीत निकै चर्चित रहेका छन । पौडेलले व्यवसाय शुरु गरेपछि विदेशको तयारी गरिरहेका त्यहाँका केही युवा विदेशको मोह छाडेर , थारै लगानीमा पनि विभिन्न व्यवसाय गर्न थालेका छन् ।