सुनाखरी न्युज/ काठमाडौं ।
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नामिबियाले दुवै ओपनर गुमाएको छ। दुवै विकेट ललित राजवंशीले लिएका हुन् ।
माइकल भान लिंगेन चौधौं ओभरको पहिलो बलमा लङअनमा अनिल साहबाट क्याच आउट भएका हुन् । उनी आउट हुँदा नामिबियाले ५४ रन बनाएको छ ।उनले सन् २०२२ डिसेम्बरमा विन्डहोकमा १२१ र २०२३ फेब्रुअरीमा त्रिवि क्रिकेट मैदानमा १३३ रन बनाउँदै नेपालविरुद्ध लगातार दुई शतक हानेका थिए ।
यसअघि ललितले नामिबियाका अर्का ओपनर निको डाभिनलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए । स्पिनर ललितको बलमा ठूलो सट खेल्ने धुनमा १५ रन बनाएका डाभिन सहजै क्याच भए ।