२०८१ पुष २८ , आइतवार

नेपाललाई ६७ अर्ब अनुदान सहयोग दिने बेलायतको घोषणा

andrew-michele

सुनाखरी न्ँयुज/ काठमाडौं ।

नेपाललाई आगामी ६ वर्षभित्र बेलायतले  ४० करोड पाउन्ड ९६६ अर्ब ८० करोड रुपैयाँ० बराबर वित्तीय अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।

बेलायतको दीर्घकालीन रणनीतिक कार्यक्रम ‘यूके डेभलपमेन्ट पोर्टफोलियो’ अन्तर्गत उपलब्ध गराइने उक्त अनुदान सहयोग सन् २०३० भित्र नेपालले पाउने छ ।

बेलायतका अन्तर्राष्ट्रिय विकासमन्त्री एन्ड्रिउ मिचेलले ७–८ फागुनमा गरेको नेपाल भ्रमणपछि बेलायतले नेपालसँग यो ऐतिहासिक साझेदारी गरी एक नयाँ विकास पोर्टफोलियो घोषणा गरेको हो ।

बेलायती घोषणा अनुसार नयाँ अनुदान सहयोग रकम नेपालले जलवायु संकट, विकासका लागि अन्तर्राष्ट्रिय वित्त परिचालन, आर्थिक रूपान्तरण गर्न तथा सुशासन र समावेशीकरणमा सहयोग गर्न उपयोग गर्ने छ ।

 

नेपाल भ्रमण क्रममा बेलायती मन्त्री मिचेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री एनपी साउद र अर्थमन्त्री डा। प्रकाशशरण महतसँग भेटवार्ता गरेका थिए ।

त्यसैगरी मन्त्री मिचेलले माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको स्थलगत भ्रमण गरेका थिए । जसमा ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई) ले २ करोड २० लाख अमेरिकी डलर लगानी गरेको छ । यसबाट नेपालका लाखौं मानिसलाई स्वच्छ र दिगो ऊर्जा उपलब्ध हुनेछ ।