सुनाखरी न्युज/ काठमाडौं ।
“हरेक नेपाली शेयरधनी”भन्ने मूल नारालाई आत्मसात गर्दै गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी“सित्तैमा”डिम्याट र मेरो शेयर खाता खोल्न सकिने गज्जबको योजना बजारमा ल्याएको छ ।यस योजना अन्तर्गत सम्पूर्ण प्राकृतिक नेपाली नागरिकहरूले २०८१ साल आषाढ मसान्त सम्म “सित्तैमा’’डिम्याट र मेरोशेयर खाता खोल्न सकिने व्यहोरा जानकारी गराउँदछौँ ।
ग्राहकवर्गहरुले यो सुविधा कमल पोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय,गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट www.garimacapital.com/मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सकिने बैंकले जनाएको छ।
यो सुविधा लिनको लागी घरमै बसीhttps://demat.garimacapital.com/#/registerलिङ्कमा गई सिधै “सित्तैमा’’डिम्याट र मेरोशेयर खाता खोल्न सकिने छ । साथै, यस सम्बन्धी थप जानकारीको लागि कार्यालयको ल्याण्ड लाईन नं. ०१४५२९१४९÷/५०,४५१६६९१ र मोबाईल नम्बर ९८४७३७९१०८Viber/WhatsAppमा समेत सोझै सम्पर्क गर्न सकिनेछ ।अथवा क्यापिटलको सामाजिक सञ्जालहरु जस्तैःFacebook, Instagramमार्फत जानकारी लिन पनि सकिने बैंकले जनाए ।