२०८१ मंसिर १० , सोमवार

इराकमाथि नेपालको सानदार जित, सावित्रा उक्लैले गरिन् को ५ गोल

sabitra

सुनाखरी न्युज/ काठमाडौं ।

वाफ वुमेन्स च्याम्पियनसिपमा नेपालले इराकलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

साउदी अरेबियाको जेदाहमा विहीबार भएको प्रतियोगितामा समूह बी मा रहेको नेपालले दोस्रो खेलमा क्लिनसिट राख्दै सानदार जित हात पार्दा फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले ५ गोल गरेपछिपहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरिन् ।

लगातार दोस्रो जितपछि नेपाल सेमिफाइनल नजिक पुगेको छ ।

विहीबार नै हुने समूह बी को खेलमा प्यालेस्टाइनले सिरियालाई पराजित गरेमा नेपाल र प्यालेस्टाइन अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनल पुग्नेछन् ।