सुनखरी न्युज/ काठमाडौं ।
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको भाउ बढेको छ।अघिल्लो दिन अर्थात् शुक्रबार स्थिर रहेकाे सुनको मूल्य आज प्रतितोला पाँच सय रूपैयाँ बढेको हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार नाै सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएकाे थियाे।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ।चाँदी आइतबार प्रतितोला १४ सय रूपैयाँमा किनबेच भइरहेको छ।