२०८१ मंसिर ७ , शुक्रवार

सेरेसको थ्रिएस सुविधा सहितको शोरुम बुटवलको कालीकानगरमा

Capture

सुनखरी न्युज/ काठमाडौं ।
विदुतिय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्ष स्थान ब्रान्ड बन्ने उद्देश्यका साथ बृटबलको कालीका नगरमा सेरेसले आफ्नोे अत्याधुनिक शोरुमको उद्घाटन गर्दै आफ्नो सञ्जाललाई बलियो बनाएको छ। कम्पनीले बुटवलकोमा थ्रिएस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो । नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले बुटवलमा डिलरशिपका लागि इ एम मोटर्स सँग साझेदारी गरेको हो।

शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्ने जनाए ।अग्रज उद्यमीहरू लगायत अन्य महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहेको उद्घाटन समारोहमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरी प्रसाद अर्याल ,नाडा रुपन्देहीका अध्यक्ष गणेश भटराई ,एमएडब्लू वृद्धि अटोकोर्पका बिजनेष हेड प्रशन्नपन्त,इएम मोटसका डाईरेक्टर राजेश घिमीरे लगाएतले सोरुमको उदघाटन गरेका थिए। रुपन्देहीमा इलेक्टिक चारपाग्रे सवारी साधनको माग बढदै गएको भन्दै रुपन्देहीमा सेरेस गाडी लोकपिय हुने बिश्वास ब्यक्त गरेको बताए ।

शोरुम उद्घाटनको अवसरमा एक जना ग्राहकलाई इएम मोटर्सले सेरेसथ्रि इभी गाडी हस्तान्तरण गरेको छ ।सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा दु्रत विकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ । जसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता देखाएको छ। हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रतिको सेरेसको समर्पणलाई अझै प्रगाढ बनाएको छ।

सेरेसको बारेमाः

सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको छ।
सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो र यो २१ युरोपेली राष्ट्रहरूसहितविश्वकाकरिब ७० देशहरूमाअवस्थित छ जसमा नेपाल७१औँ गौरवशाली स्थान बनेको छ।

सेरेस हुवाएको निर्माण साझेदार हो र यसले सन २०२६ सम्ममा १० लाख ईभीउत्पादन गर्ने लक्ष्य राखेको छ।संयुक्त राज्य अमेरिकाको सिलिकन भ्यालीको मुटुमा स्थापित सेरेसले चीन, जापान र अमेरिकामा अवस्थित तीनवटा आर एन्ड डी केन्द्रहरूसँग अनुसन्धान र विकासको लागि आफ्नो प्रतिबद्धता प्रदर्शन गर्दछ।
नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध गराउँछ।

सेरेस ३ कम्फर्ट र प्रिमियम दुई भेरियन्टहरुमा उपलब्ध छ जसको मूल्य क्रमशः४९,९९,०००/- र ५२,९९,०००/- बाट सुरु हुन्छ।सेरेस मिनी ईभी तीन भेरियन्टमा उपलब्ध छन् ।लो ट्रिम१८० किमी बेस अप्सन, मिड ट्रिम१८० किमीफुल अप्सन, र टप ट्रिम२२० किमीफुल अप्सन, जसको मूल्यक्रमशः रु १३,९९,०००/- रु १६,४९,०००/- र रु १७,९९,०००/- रहेको छ ।