सुनाखरी न्युज/ लन्डन ।
संघीय संसद्की उपसभामुख इन्दिरा रानामगरको बेलायत भ्रमण स्थगित हुँदा पूर्वनिर्धारित कार्यक्रमहरू रद्द भएका छन् । शनिबार लन्डन उत्रिने भनिएकी रानामगरको बेलायत भ्रमण ‘भिसा’ का कारण रद्द भएको हो ।
अन्तिम समयमा उनको भ्रमण स्थगित भएपछि बेलायती पूर्व प्रधानमन्त्री टेरेजा मे, बेलायती उपसभामुखलगायतका नेताहरूसँगको भेटघाट स्थगित भएका हुन् । उनको उपस्थितिमा सातजना बेलायती सांसदसँग ननिङटनमा तय भएको च्यारिटी डिनरलागयात विभिन्न संघसंस्थासँगको अन्तरक्रिया पनि रद्द भएको संयोजक क्याप्टेन भीम सारुले जनाए ।
एनआरएनए यूके ९प्रेम गाहामगर० पक्षको निमन्त्रणामा उपसभामुख रानामगरले बेलायत आउन आवेदन दिएको कूटनीतिक भिजा ९एक्जेम्ट भिजा० का लागि उनको योग्यता नपुगेको प्रष्टीकरण बेलायतले दिएको छ । विदेशी मुलुकका सबै अधिकारीहरूलाई ‘इमिग्रेसन कन्ट्रोल’ छुट नहुने तथा सो छुट पाउन उपसभामुख रानामगरको पनि योग्यता नपुग्ने बेलायतले प्रस्ट पारेको छ ।
एनआरएनए यूके (प्रेम गाहामगर) पक्षले मार्च ३ तारिख आइतबार अल्डरसटस्थित प्यालेसमा आयोजना गर्ने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा उपसभामुख रानामगर प्रमुख अतिथिको रूपमा सहभागी हुने कार्यक्रम थियो ।