सुनाखरी न्युज/ काठमाडौँ ।
मिति २०८० फागुन १८ गते, शुक्रबार मोरंग व्यापार संघले मोरङ जिल्लामा सरुवा भई आउनु भएका कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङ्गज्यू, मोरङ जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज कार्कीज्यू, सशस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक विश्वबन्धु खड्काज्यू, राष्ट्रिय
अनुसन्धान जिल्ला कार्यालयका उप–अनुसन्धान निर्देशक तिलक प्रसाईज्यू सहित वरिष्ठ प्रहरी उपरिक्षक जयराज सापकोटाज्यू र प्रहरी उपरिक्षक दिपक पोखरेलज्यूलाई संघको सभा कक्षमा स्वागत गरी भेटघाट गरेको छ ।
संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालज्यू र निवर्तमान अध्यक्ष प्रकाश मून्दडाज्यूले फुल गुच्छा र खादा लगाएर स्वागत गर्नु भई मोरङ जिल्ला, सीमा नाका र आसपासका क्षेत्रको शान्ति सुरक्षाको अवस्था तथा थप सुरक्षाका आवश्यकताहरु बारे अवगत गराए ।
संघका उपाध्यक्ष अनिल कुमार साहज्यूले संचालन गर्नु भएको सो कार्यक्रममा अध्यक्ष रिजालज्यू, निवर्तमान अध्यक्ष मून्दडाज्यू सहित संघका पदाधिकारीज्यूहरु, कार्यसमिति सदयहरु, महिला उद्यमीहरु, युवा उद्यमीहरुज्यू लगायतको उपस्थिति रहेको थियो ।