२०८१ पुष २६ , शुक्रवार

माछापुच्छ्रे बैंकले कारोबार असफल भए मोवाईल बैंकिङ्ग एप र वेबसाईटमार्फत बैंकमा रिर्पोट गर्नमिल्ने सुविधा संचालनमा ल्याए

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

माछापुच्छ्रे बैंक डिजिटल कारोवारमा आधुनिक प्रविधी भित्र्याई सो कोप्रवर्धन, सम्बर्धन तथा कार्यान्वय गर्ने बैंक मध्येमा अग्रस्थानमा रही आएको छ । दिनानु दिन डिजिटल कारोबार संख्या वृद्धि हुंदै आएको र ग्राहकको कारोबारलाई अझ प्रभावकारी, सफल तथा चुस्त बनाउने उदेश्यले माछापुच्छ्रे बैंक लि.ले डिजिटल माध्यमबाट भएका कारोबार मध्ये कुनै कारोबार असफल भएको अवस्थामा उक्त असफल कारोबारलाई मोवाईल बैंकिङ्ग एपर वेबसाईटमार्फत बैंकमा रिर्पोट गर्न मिल्ने सुविधा संचालनमा ल्याएको बैंकले जनाए।

जस अन्तर्गत असफल भएको कारोबारलाई रिर्पोट गरीसो रिपोर्टको प्रोग्रेस कुन चरणमा पुगेकोछ भन्ने कुराको अपडेट हेर्न सकिन्छ । साथै असफल कारोबारको समस्या समाधान पश्चात रकम फिर्ता भएकोे जानकारी मेसेज र ईमेलबाट ग्राहकलाई गराईन्छ।

विज्ञान र प्रविधिका अनेकन आयामहरुलाई प्रयोगमा ल्याई आफुलाई स्मार्ट बैंकको रुपमा परिचित गराईरहेको माछापुच्छ्रे बैंकले असफल डिजिटल कारोबारहरु बैंक सम्मन आईकनै जहाँ कहि बसेर बैंकमा जानकारी गराई असफल कारोबारको रकम खातामा फिर्ता लिनको लागि ग्राहक बैंकसम्म आउनुपर्ने, फोन गरिरहनु पर्ने झन्झटबाट मुक्त गराउन यस्तो सुविधा प्रदान गरेको बैंकको भनाइ छ ।

यस अन्र्तगत ग्राहकले आफ्नो मोवाईल बैंकिङ्ग एपको प्रयोग गरेर स्टेटमेन्ट बटनमा गई असफल कारोबारको बारेमा रिर्पोट गर्न सक्नेछन् । यसरी ग्राहकको रिर्पोट प्राप्त भएपछि बैंकले उक्त कारोबारको बारेमा आवश्यक प्रकृया अगाडी बढाउने र असफल भएको प्रमाणको आधारमा ग्राहकको खातामा सम्वन्धित रकम आफै फिर्ता गर्ने पनि जनाइएको छ ।स्मार्ट बैंकको रुपमा बैंकले आफ्ना ग्राहकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यम तथा उपकरणहरु प्रदान गर्दै आएको र विभिन्न डिजटिल बैंकिङ्ग सेवा सुविधाहरु प्राप्त गर्न बैंकको कार्यालयसम्म  पुग्नै नपर्ने गरी सेवा समेत  प्रदान गरिरहेको बताएको छ ।