२०८१ पुष २९ , सोमवार

शहबाज दोस्रो पटक पाकिस्तानको प्रधानमन्त्री बन्ने दौडमा

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

 

पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का अध्यक्ष तथा नवगठित आठ दलीय गठबन्धनका नेता शहबाज सरिफ दोस्रो पटक प्रधानमन्त्री बन्ने तयारीमा रहेको पाकिस्तानबाट प्रकाशन हुने अङ्ग्रेजी पत्रिका डनले आइतबार जनाएको छ ।उहाँले राष्ट्रिय सभाको हालै सम्पन्न निर्बाचनमा आइतबार हुने प्रतिस्पर्धामा पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) बाट मनोनीत ओमार अयुब खानको सामना गर्नुहुनेछ ।पाकिस्तानका राष्ट्रिय सभामुख अयाज सादिकले दुवै पक्षका नेताहरूको उपस्थितिमा गरिएको जाँचपछि वैध घोषित गरेको राष्ट्रिय सभा सचिवालयमा दुवै नेताले आफ्नो मनोनयनपत्र बुझाएका छन् ।

राष्ट्रिय सभा (नेशनल एसेम्ब्ली) सचिवालयका अनुसार शहबाज सरिफले आठ र उमर अयुब खानले चार वटा मनोनयनपत्र पेश गरेका छन् जसमा विभिन्न प्रस्तावक र समर्थकको हस्ताक्षर रहेको छ ।खानले शरीफको मनोनयन प्रक्रिया नै गलत भएको बताउनुभएको छ । उहाँले सरिफलाई फारम–४७ मा हेरफेर गरेर उहाँलाई संसद् सीट ‘उपहार’ दिएको दावी गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “फारम–४५ अनुसार निर्वाचन क्षेत्रका पराजीत भएकोले पीएमएल–एन का अध्यक्षले पाकिस्तानको प्रधानमन्त्रीको चुनाव लड्न सक्नुहुन्न ।”“सरिफलाई गलत तरिकाले पाकिस्तानको राष्ट्रिय सभाको सदस्यको रूपमा शपथ गराइएको छ र उहाँ प्रधानमन्त्री पदका लागि उम्मेदवार हुन सक्नुहुन्न ।” यद्यपि, उमर अयूब खानले उठाएको आपत्तिलाई अस्वीकार गरिएको छ ।

शुक्रबार झण्डै ‘एकतर्फी’ भएको प्रतिस्पर्धामा सभामुख र उपसभामुखको पद जितेपछि नवगठित गठबन्धनले पाकिस्तानको प्रधानमन्त्री पद सम्हाल्नेमा विश्वस्त देखिएको छ ।यसैबीच, स्वतन्त्र रूपमा निर्वाचित भएका र पछि सुन्नी इत्तेहाद काउन्सिल (एसआईसी) मा सामेल भएका पीटीआईका सांसदहरूले फेब्रुअरी ८ मा भएको चुनावमा धाँधली भएको भन्दै सदनमा आफ्नो विरोध जारी राख्ने अपेक्षा गरिएको छ ।  रासस/एएनआई