२०८१ मंसिर ८ , शनिवार

सर्वोत्तम सिमेन्टको आइपिओ बाँडफाँट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

पहिलो पटक बुक बिल्डिङ विधिबाट खुलेको सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले एक औपचारिक कार्यक्रम आयोजना गरी आईपीओ बाँडफाँट गरेको हो ।उक्त बाँडफाँटमा गोलाप्रथामार्फत् ५५ हजार ५२१ जनाले सेयर पाएका छन्।

उनीहरुमध्ये २६ जनाले ५१ कित्ताका दरले पाएका छन् भने बाँकीले ५० कित्ताका दरले पाएका छन् । कम्पनीको आइपिओमा ९ लाख ६० हजार ३०१ जनाले आवेदन दिएकोमा १ हजार ३४२ जनाको आवेदन रद्द भएको छ।रीतपूर्वक आवेदन दिएका ९ लाख ५८ हजार ९५९ जनालाई गोलाप्रथामा सहभागी गराइएको बिक्री प्रबन्धकले जानकारी दिए।

कम्पनीले स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।बुक बिल्डिङ प्रक्रियाबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रूपैयाँमा आइपिओ जारी भएको थियो।

आइपीओको नतिजा आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीबाट हेर्न सकिनेछ । बुक बिल्डिङ विधिअनुसार मूल्य तय भई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले सर्वसाधारणलाई आईपीओ खुलाएको थियो ।