२०८१ मंसिर १३ , बिहिवार

दक्षिण कोरियाको बेरोजगारी दर फेब्रुअरीमा १३.३ प्रतिशत घट्यो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

थोक, खुद्रा, निर्माण र शिक्षा सेवा क्षेत्रहरूमा कम मागको कारण दक्षिण कोरियाको बेरोजगारी दोहोरो अङ्कमा झरेको सोमबार सार्वजनिक श्रम मन्त्रालयको तथ्याङ्कले देखाएको हो ।रोजगार तथा श्रम मन्त्रालयका अनुसार रोजगारी खोज्ने नयाँ आवेदकहरूको सङ्ख्या फेब्रुअरीमा ९३ हजार २०० पुगेको छ । अघिल्लो बर्षको तुलनामा १३.३ प्रतिशतले घटेको छ ।

जनवरीमा एक अङ्कको वृद्धि भएपनि वेरोजगारी दरको दावी फेब्रुअरीमा पुनः तल झरेको थियो ।गत महिना थोक, खुद्रा, निर्माण, र शिक्षा सेवा उद्योगहरूमा आवेदकहरू घटेता पनि सूचना र सञ्चार क्षेत्रमा बढेको देखिएको छ ।

लाभ प्राप्त कर्ताहरूको सङ्ख्या एक वर्ष अघिको तुलनामा १.१ प्रतिशतले बढी अर्थात् फेबु्रअरीमा छ लाख २५ हजार ५०० थियो । गत वर्षको फेबु्रअरीदेखि लगातार बेरोजगारी दावीमा वृद्धि हुँदै आएको छ ।फेब्रुअरीमा रोजगार खोज्नेको कूल भुक्तानी ८.५ प्रतिशतले बढेर ९६१.९ अर्ब वोन (७३१.४ मिलियन अमेरिकी डलर) पुगेको छ ।  रास/सिन्ह्वा