२०८१ पुष १० , बुधवार

स्मार्टलुक्स भएको इन्फिनिक्स स्मार्टफोनहरु नेपाली बजारमा सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं।

के बालबालिका, के युवा, के बृद्घा, नेपाली बजारमा छोटो समयमा एकदमै लोकप्रियता कमाउन सफल विश्वव्यापी प्रसिद्ध स्मार्टफोन ब्राण्ड इन्फिनिक्सले नेपालमा स्मार्ट ८ सिरिज अन्तर्गत तीन किसिमका निकै आकर्षक स्मार्टफोनहरु बजारमा ल्याएको छ । स्मार्ट ८, स्मार्ट ८ प्लस र स्मार्ट ८ प्रो नाम दिएर सार्वजनिक गरिएका यी तिनवटा स्मार्टफोनहरु उत्कृष्ट विशेषता साथ सुलभ मुल्यमा नेपाली बजारमा उपलब्ध छ ।

इन्फिनिक्सको स्मार्ट ८ प्लस स्मार्टफोनमा पनि ५० मेगापिक्सलको डुअल क्यामेरा सेटअप रहेको छ भने ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको कम्पनीले जनाए । ६.५६ इन्च एचडी डिस्प्ले सहित आकर्षक तथा प्रिमियम डिजाइनमा आउँने यो स्मार्टफोनमा उत्कृष्ट पर्फमेन्शकालागि शक्तिशाली ६००० एमएएच ब्याट्री क्षमता रहेको छ । यसले टाइप सी चार्जिंग सपोर्ट गर्नुका साथै स्मार्ट ८ प्लसमा फिङ्गरप्रिन्ट सुविधा पनि रहेको जनाए ।

स्मार्ट ८ प्लस ४ जीवी र्याम र ६४ जीवी रोममा रु १३,९९९ मा उपलब्ध छन् । यो स्मार्टफोन टिम्बर ब्ल्याक, ग्यालेक्सी ह्वाइट र साइनी गोल्ड रंगमा देशभरका रिटेल स्टोर र इकर्मश प्ल्याटफर्महरुमा उपलब्ध रहेका छन् ।इन्फिनिक्सको स्मार्ट ८ प्रो स्मार्टफोनमा ५० मेगा पिक्सलको डुअल क्यामेरा सेटअप रहेको छ भने ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ ।

प्रिमियम डिजाइन सहित ६.५६ इन्च एचडी डिस्प्ले रहेको स्मार्ट ८ प्रो मा मिडिया टेक हेलियो जी३ ६ चिपसेट राखिएको कम्पनीले जनाएका छन । उत्कृष्ट पर्फमेन्शका लागि यो फोनमा शक्तिशाली ५००० एमएएच ब्याट्री क्षमता छ भने यसले टाइप सी चार्जिंग सपोर्ट गर्दछ र फिङ्गर प्रिन्ट सुविधा पनि रहेको छ । स्मार्ट ८ प्रो ४ जीवी र्याम र ६४ जीवी रोम तथा ४जीवी र्याम र १२८जीवी रोममा क्रमश रु १२,९९९ र रु १३,४९९ मा उपलब्ध छन् । यो स्मार्टफोन रेनबो ब्लू, ग्यालेक्सी ह्वाइट र टिम्बर ब्ल्याक रंगमा देशभरका रिटेल स्टोर र इकर्मश प्ल्याटफर्महरुमा उपलब्ध रहेका छन् ।

इन्फिनिक्सको नयाँ मोडल स्मार्ट ८ मा६.५६ इन्च एचडी डिस्प्लेको साथमा १३एमपी रियर क्यामेरा र ८एमपी फ्रन्ट क्यामेरा रहेको छ । पर्फमेन्शका लागि शक्तिशाली ६००० एमएएच ब्याट्री रहेको यो स्मार्टफोनले टाइप सी चार्जिंग सपोर्ट गर्दछ । स्मार्ट ८ मा स्टोरेजका लागि ३जीवी र्याम र ६४ जीवी रोम तथा ४जीवी र्याम र १२८ जीवी रोममा क्रमश रु ११,४९९ र रु १२,९९९ मा उपलब्ध छन् । यो स्मार्टफोन आकर्षक रंग –टिम्बर ब्ल्याक, क्रिस्टल ग्रिन र साइनी गोलमा देशभर उपलब्ध रहेको छ ।