सुनाखरी न्युज/ काठमाडौं।
सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन पार्टी सांसदहरुलाई निर्दशन दिएका छन् ।प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाको बुधबारको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्।
पार्टी संसदीय दलको मंगलबार बसेको बैठकमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीले अहिले राम्रो काम गरेको बताए ।‘प्रधानमन्त्रीले पहिले एकदम नराम्रो काम गरेको हुनसक्छ, तर अहिले एकदम राम्रो काम गर्नुभयो’, एकडेढ वर्ष आफ्नो पदका लागि कुनै खतरा नभए पनि गठबन्धन बदल्ने निर्णय गरेको भन्दै उनले भने, ‘अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन पहलकदमी लिनुभयो ।’
यदि भोलि प्रधानमन्त्रीले विश्वासको मत नपाए देश दुर्घटनामा जाने उनले बताए । ‘यतिबेलाको अर्को कुनै अप्सन छैन,’ ओलीले भने, ‘दुइटा मात्रै अप्सन हो। कि त प्रचण्डको नेतृत्वमा अहिले यो समीकरण कायम रहन्छ र जित्छ यसले।
कि त संविधानको धारा ७६ को उपधारा ३ अनुसार नेपाली कांग्रेसको अल्पमतको सरकार बन्छ भोलि। दुईमध्ये एउटा कुरा हुन्छ। ’ अल्पमतको सरकार अयोग्य, स्वाभिमानहीन भवितव्यले आइलागेको हुने उनको दाबी छ ।