सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी विधानलाई सम्पादनसहित पूर्णता दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले आवश्यक सम्पादनसहित विधानलाई पूर्णता दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
बैठकमा विधानलाई समृद्ध बनाउने सम्बन्धमा छलफल भएको थियो । माओवादीले विधान निर्माण गर्न गत फागुन १ गतेदेखि राजधानीमा प्रथम विधान सम्मेलन आयोजना गरेको थियो ।
बैठकले राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित हुनुभएका माओवादी स्थायी समिति सदस्य नारायण दाहालले पार्टीबाट दिनुभएको राजीनामा स्वीकृत गरेको उहाँले जानकारी दिनुभयो । रासस