सुनाखरी न्युज/ काठमाडौं ।
स्थानीय ठाउँहरूको प्राचीन नाम परिवर्तन गरेर काठमाडौं महानगरपालिकाले चलनचल्तीमा ल्याउने प्रक्रिया थालेको छ ।
प्रक्रिया थालनीमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, बहाल, वही, धारा, सत्तल, पाटीहरूको अध्ययनबाट प्राचीन नाम खोज्ने, संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् तथा इतिहासविद्हरूसँग नाम पुष्टि गर्ने चरण पूरा गरेको छ ।
महानगरले पाँचवटा वडाबाट रैथाने नाम राख्न सुरु गरेको छ ।