२०८१ मंसिर ९ , आइतवार

अगस्त्य हेर्दा सोमबार दर्शक महिलाहरूलाई छुट पाउने

Capture

सुनाखरी न्युज/ काठमाडौं।

निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र ‘अगस्त्य च्याप्टर १’ तेस्रो सातामा प्रवेश गरेको छ । चलचित्रले पहिलो सातामा बक्स अफिसमा उत्साहजनक व्यापार थियो भने दोस्रो सातामा औसत व्यापार गरेको निर्माण पक्ष बताउँछन् । निर्माताले पहिलो र दोस्रो सातामा सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त भएको र तेस्रो सप्ताहन्तमा समेत राम्रो कमाइ गरेको जनाएका छन् ।

त्यस्तै, समाजमा महिलाहरूले खेल्ने महत्त्वपूर्ण भूमिका र योगदानलाई उच्च सम्मान गर्दै यो महिलाहरूको लागि चलचित्रमा विशेष छुटको व्यवस्था गरिएको छ। चैत ५ गते सोमबार सम्पूर्ण महिलाहरूले चलचित्र अगस्त्यको टिकट मूल्यमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको हो।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।