२०८१ मंसिर १४ , शुक्रवार

स्वावलम्बन लघुवित्त शाखा कार्यालय साँखुको वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं।
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय साँँखुुले आयोजना गरेको वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
दुई दिनसम्म संचालन भएको सो कार्यक्रम विशेषतःग्राहक सदस्यहरुका लागि वित्तीय सचेतना तथा उनीहरुसंग समसामयिक विषयक अन्तरकृयामा केन्द्रीत थियो । कार्यक्रमका वक्ताहरुले लघुवित्तले ग्रामीण स्तरमा कर्जा प्रवाह गरी विपन्न तथा उद्यमशील ग्राहकवर्गमा ठूलो योगदान गरेको विषयलाई नजर अन्दाज गर्न नमिल्ने र यसले समाजमा प्रत्यक्ष रुपमा सकारात्मक प्रभावपारी ग्रामीण तथा शहरी क्षेत्रका वासिन्दा लाभान्वित भएको बताएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि शंखरापुर नगरपालिकाका उपमेयर समिता श्रेष्ठले ग्राहकलाई सानोसानो आकारको वचत तथा कर्जा कारोबारमा सहयोग गर्दै आएको संस्थाले उद्यमशील ग्राहकलाई कर्जा प्रवाह गरी तालिम समेत दिंदै आएको विषय प्रशंसा योग्य रहेको बताए । बिशिष्ट अतिथि वित्तीय संस्थाका संचालक उमा जोशी बोहराले लघुवित्त संस्थाले ग्रामीण समुदायको जीवनस्तर उकास्न प्रमुख भूमिका निर्वाह गरेको बताए ।प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक फुलमाया घिसिङले उद्देश्य अनुसारको कर्जा लिई सहि ठाँउमा लगानी गरी प्रतिफल प्राप्त हुने गरी कार्य गर्न र संस्थाको नाम अनुसार स्वावलम्बी हुन आग्रह गरे ।

कार्यक्रममा गोकर्णेश्वर न.पावडा नं. ६ कीवडा सदस्य मञ्जु पुडासैनीले आफ्नो मन्तब्यका क्रममा लघुवित्तले समाजमा सामुहिक दायित्वका आधारमा विना धितो कर्जा प्रवाह गरेका कारण महिलाहरुको आर्थिक तथा सामाजिक अस्तित्व कायम राख्नठुलो मद्दत गरेको र यसबाट उनीहरुको आर्थिक उन्नतिमा ठुलो प्रगती भएको बताएको छ । समाजमा हाल विकृती पछि नलागी आर्थिक अनुशासन कायम राख्न सम्पुर्ण सदस्यलाई आग्रह गरेका छन । त्यसैगरि, कागेश्वरी मनोहरा वडा नं. ७कीवडा सदस्य सुनिता बोगटीले आफ्नो ब्यवसाय संचालनको सहयात्री स्वावलम्बन रहेको बताए ।

कार्यक्रममा१५७ बटा केन्द्र मध्ये सर्वोत्कृष्ट तीनवटा केन्द्रहरु गोकर्णेश्वर ८ का क्रमशःप्रथम हुने आरुबारी स्वावलम्बन महिला केन्द्र, केन्द्र नं. ७७, दोश्रो गणेश स्वावलम्बन महिला केन्द्र, केन्द्र नं. २० र तेश्रो शंखर स्वावलम्बन महिला केन्द्र, केन्द्र नं. ६५ लाई प्रमुख अतिथिहरुको को हातबाट प्रमाणपत्र सहित नगद पुरुस्कार दिई सम्मान गरिएको छ । केन्द्र नं. १२० की सदस्य सावित्री पराजुली को छोरा सविन पराजुली २०७९ सालको एस.ई.ई. परिक्षमा उत्कृष्ट अंकल्याई उतिर्ण भएकोमा बिशिष्ट अतिथिद्धारा प्रमाणपत्र सहित नगद पुरुस्कारले सम्मान गरिएको थियो ।