२०८१ आश्विन ६ , आइतवार

कपिल शर्मासँग शोभित बस्नेतको भेट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली निर्देशक शोभित बस्नेतले अभिनेता तथा चर्चित कमेडियन कपिल शर्मासँग भेट गरेका छन् । उनले केही अगाडि मुम्बईमा कपिल शर्माको ‘द कमेडी नाइटस विथ कपिल शर्मा शो’को सेटमा पुगेर भेट गरेका हुन् ।

फिल्म निर्देशक शोभित बस्नेतले नेपाली फिल्मको प्रवर्द्धनमा सघाउन भारतीय कमेडियन तथा अभिनेता कपिल शर्मालाई आग्रह गरेका छन् । यसमा उनले सकारात्मक जवाफ दिएको बस्नेतले बताए ।उनी निर्देशित कमेडी फिल्म ‘बद्रीबहादुर’ चैत २३ गते प्रदर्शन तयारीमा छ ।

सोही क्रममा कपिल शर्मा र आफूबीच फिल्मको विषयमा पनि कुराकानी भएको बस्नेतले जनाए । ‘उहाँले आफू नेपाली फिल्मको प्रवर्द्धनमा सघाउन तयार रहेको वचन दिनुभयो,’ बस्नेतले भने ।एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका विजय गोपाल दली प्रस्तुतिकर्ता र मिथुन भोटे निर्मातामा हुन् ।

फिल्ममा जयकिसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धीरेन शाक्य र वर्षा चौलागाईंको मुख्य भूमिका छ । विशेष भूमिकामा पूजा शर्मा, सलोन बस्नेत र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन् । फिल्मलाई काठमाडौं, लमजुङ, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको हो ।