२०८१ आश्विन ६ , आइतवार

नेपाल आउँदै बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

गहना सम्बन्धी रनवेमा सहभागी हुन बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आउने भएकी छन् । आगामी चैत १७ गते आरबी डायमण्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवको अवसरमा ज्वेलरी फेसन रनवे हुन लागेको हो ।

सोही रनवेका लागि आउन लागेका मोडल किम गुडबर्नले पुरुष डायमण्ड कलेक्सन प्रस्तुत गर्ने जनाइएको छ ।

यो कार्यक्रमबारे सार्वजनिक गरिएको भिडियो सन्देशमा ज्याकलिनले आफू नेपाल आउन लागेकोमा उत्साहित रहेको बताएकी छन् ।