२०८१ आश्विन ६ , आइतवार

काठमाडौंमा ‘महाजात्रा’ को प्रिमियर

Capture

सुनाखरी न्युज/ काठमाडौं।

‘महाजात्रा’लाई मंगलबार बेलुका काठमाडौंमा प्रिमियर गरिएको छ । सुन्धाराको सिभिल मलस्थित क्यूएफएक्स सिनेमाजमा आयोजित प्रिमियरमा कास्ट एण्ड क्रूसहित फिल्मकर्मीको सहभागिता रह्यो ।

प्रिमियरमा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, किरण केसी, जितु नेपाल, निर्मल शर्मा, दयाहाङ राई, निशा अधिकारी, केकी अधिकारी, ऋचा शर्मा, दीपाश्री निरौला, प्रकाश सपुत, रामबाबु गुरुङ, पूर्णेन्दु झा, सौरभ चौधरी, गजित विष्ट, सुशील श्रेष्ठ, अरुण क्षेत्री, आश्मा विश्वकर्मा लगायत उपस्थित देखिए ।

फिल्मले प्रिमियरबाट ‘सकारात्मक’ प्रतिक्रिया प्राप्त गरेको जनाइएको छ । अभिनेता मदनकृष्ण श्रेष्ठले फिल्म हेरिरहँदा समय बितेको पत्तै नपाएको बताए । ‘फिल्म राम्रो र रमाइलो बनेको छ । कुनै फिल्म राम्रो हुन्छ, कुनै रमाइलो हुन्छ, यो दुवै विधामा अब्बल छ । यसले सन्देश दिन्छ तर जात्राकै शैलीमा । परिवार एकसाथ बसेर हेर्ने फिल्म बनेको छ ।’

यो फिल्म नेपालमा शुक्रबार प्रदर्शन तयारीमा छ । ४० विदेशी बजारमा यो फिल्म आगामी एक साताभित्र प्रदर्शनको लक्ष्य छ । फिल्मको एड्भान्स टिकट बिक्री सुरु भएको छ । फिल्ममा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, हरिवंश आचार्य लगायतको अभिनय छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता हुन् ।