सुनाखरी न्युज/ काठमाडौं।
अफगानिस्तानको एक दुर्गम शहरमा आफ्नो घरभित्र थुनिएको महशुस गर्ने १८ वर्षीया शेकिबा अक्सर इन्टरनेट सङ्केतको खोजीमा घरवरिपरि घुमिरहनुहुन्छ । इन्टरनेट उहाँको शिक्षाको अन्तिम कडी हो ।
सन् २०२१ मा तालिवान सत्तामा फर्किएपछि कक्षा कोठामा अध्ययन गर्ने आफ्नो अधिकारबाट बञ्चित बनेकी शेकिबाले अनलाइन शिक्षामा ध्यान केन्द्रित गर्दै एन्ड्रोइड मोबाइल सेटको स्क्रिनमा अर्थशास्त्र बिषयको अनलाइन अध्ययनका लागि ‘साइन अप’ गर्नुभएको थियो ।उहाँ ल्यापटपको लागि बचत गरी यसबाट सुविधासहितको अनलाइन अध्ययन गर्ने आशा राख्नुहुन्छ तर अझै पनि मोबाइल फोनको लागि राम्रो सङ्केतको सुनिश्चितता नभएको अफगानिस्तानको पहाडी बदख्शान प्रान्तको उच्च स्थानमा रहेको इश्काशिम शहरमा महँगा मोबाइल ‘डाटा प्याकेज’हरू किन्न बाध्य छिन् ।
उहाँले एएफपीसँगको कुराकानीमा फोनमा भन्नुभयो, “यदि इन्टरनेटको समस्या नभएको भए धेरै सजिलो हुने थियो । तर केही पनि नगर्नु र बस्नुभन्दा अगाडि बढ्नु बेस भनेर उहाँ अनलाइन कक्षामा जोडिनुभएको छ ।”उहाँले भन्नुभयो, “मैले केबल अध्ययन गर्ने, सफल हुने र प्रगति गर्ने आशा गर्दछु । समाजको एउटा परिवारको एक मात्र व्यक्तिले प्रगति ग¥यो भने उक्त समुदायको सम्पूर्ण परिवारको प्रगति हुन्छ ।”
अफगानिस्तानमा नयाँ वर्ष सुरु भएसँगै केटा, युवा पुरुष र कतिपय वयस्क पुरूषसमेत कक्षामा फर्केका छन्, तर संयुक्त राष्ट्रसङ्घले ‘लैङ्गिक रङ्गभेद’ को संज्ञा दिएको तालिवान सरकारको शैक्षिक नाकावन्दीका कारण किशोरी र यसवा महिलाहरू फेरि पछि परेका छन् र यसले अफगानिस्तानका महिलालाई लामो समयसम्म पछौटे जीवन बिताउन बाध्य पार्नेछ ।
परम्परागत विद्यालयको विकल्पमा अनलाइन कक्षाको विकास भए पनि कम्प्युटर र इन्टरनेटको अभावका साथै स्क्रिनको माध्यमबाट हुने सिकाइको एक्लोपनले व्यक्तिगत सिकाइको कमजोर विकल्प पाएजस्तो बोध भएको यसमा जोडिएका विद्यार्थी र उनीहरूका शिक्षकले बताउँछन् ।सुलभ खर्चमा दिइने अनलाइन विकल्पहरूमध्ये धेरैले स्नातक तह पनि प्रदान गर्न सक्दैनन् ।
– भविष्यका लागि निदिष्ट लक्ष्यको अभाव –
अनलाइन शिक्षामा कति बालिका र किशोरीसम्लग्न छन् भन्ने स्पस्ट छैन, तर दुई उच्च शिक्षा प्लेटफर्महरूले तालिबानले कब्जा गरेदेखि हजारौंको सङ्ख्यामा अफगानीहरूले आवेदन दिएका वा अनलाइन सञ्चालकहरूले आवेदन दर्ता गरेको बताएका छन् ।
बेगम एकेडेमीको नामबाट सञ्चालित अनलाइन विद्यालय उनीहरूको शिक्षाका लागि एउटा प्लेटफर्म हो जसमा दारी र पश्तोमा करिब आठ हजार ५०० निःशुल्क भिडियोहरू छन् ।भिडियोले अफगानी माध्यमिक विद्यालयको पाठ्यक्रमलाई समेट्छ । अनलाइन कक्षा सन् २०२३ डिसेम्बरमा सुरू भएको थियो र छिट्टै नै यसमा तीन हजारभन्दा बढी प्रयोगकर्ता (विद्यार्थीहरू) जोडिएका थिए ।
निर्देशक हमिदा अमनले यो सुविधाबाट आमाबाबु आभारी छन् तर केटीहरूलाई प्रत्यक्ष कक्षामा जस्तो सुविधाको अनुभभूति नभएको बताउनुभयो ।
–भविष्यका लागि कुनै दृष्टिकोण छैन–
अमनले फ्रान्सबाट एएफपीसँग भन्नुभयो, “जब हाम्रा लागि सबै कुरा बन्द हुन्छ र भविष्यको कुनै दृष्टिकोण हुँदैन तब त्यसप्रति प्रेरित हुन गाह्रो हुन्छ ।”
“यी केटीहरूसँग प्रमाणपत्रहरू हुन सक्दैनन् वा उनीहरूसँग विश्वविद्यालय जाने वा पछि कुनै काम गर्ने महत्वाकाङ्क्षा हुन सक्दैन,” उहाँले अनलाइन शिक्षा र यसबाट प्राप्त हुने योग्यताप्रति निराशा व्यक्त गर्दै भन्नुभयो ।इन्टरनेसनल क्राइसिस ग्रुपकाअनुसार महिलाका लागि शिक्षा अमेरिका समर्थित सरकारको प्रमुख लक्ष्य थियो तर यो उपलब्धि पनि धेरै हदसम्म शहरहरूमा मात्र सीमित थियो । उक्त समय पनि देशभरिका विद्यालयमा १३ देखि १८ वर्ष उमेर समूहका २३ प्रतिशत किशोरीहरू मात्र पढ्ने गर्थे ।
तालिबान सरकारले सन् २०२२ मा महिला शिक्षामा प्रतिबन्ध लगाउने आदेश जारी गरेपछि यो सङ्ख्या घटेर १३ प्रतिशतमा झरेको अमेरिकी प्रवुद्ध समूहले जनाएको छ ।महिला शिक्षामा प्रतिबन्ध लगाउने आदेश लागू भएपछि जैनबले तत्काल अनलाइनबाट माध्यमिक विद्यालयको पठनपाठन सुरु गर्नु भएको थियो । उहाँको दुई पटकसम्मको अनलाइन विद्यालयद्वारा पठनपाठन गर्ने प्रयास सुरूमा अस्वीकार गरिएको थियो तर विदालयका लागि एउटा सुरक्षित स्थान पाएपछि यसलाई सञ्चालनमा ल्याइएको थियो ।
प्रतिशोधको डरले आफ्नो पूरा नाम प्रयोग नगर्न आग्रह गरेकी जैनबले भन्नुभयो, “अनलाइन कक्षा लिनुअघि हामी घरमा खाली भयौँ । हामी प्रायजसो सुत्थ्यौँ । जसले गर्दा हामी निराश बन्यौँ र भविष्यप्रति चिन्तित पनि भयौँ ।”उहाँले एएफपीसँग भन्नुभयो, “अनलाइन कक्षाले हामीलाई व्यस्त बनाएको छ तर यसले विद्यालयहरू प्रतिस्थापन गर्न सक्दैन ।”
आफ्नो विश्वविद्यालयको शिक्षालाई पनि भर्चुअल रूपमा निरन्तरता दिने प्रयास गरेकी अनलाइनमा अङ्ग्रेजी अध्यापन गराउने २२ वर्षीया रूहिलाले सयौँ अफगानी महिलालाई खुशी बाँड्ने प्रयास गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “अहिलेको परिस्थितिमा मलाई ऊर्जा दिने एउटा मात्र कुरा भनेको यी किशोरीहरूलाई सिकाउनु हो ।”“सधैंको लागि अनलाइन शिक्षा हुनुले विद्यार्थी र शिक्षक सबैको उत्साह गुम्छ र उही प्रयत्न निरन्तर रहन्न भन्ने कुरा हामीलाई महशुस भइसकेको छ,” उहाँले भन्नुभयो ।
उहाँले थप्नुभयो, “मानसिक रूपमा, अनलाइन कक्षाहरू धेरै कठिन हुन्छन् । तिनीहरू तनावपूर्ण र पट्टयारलाग्दा हुन्छन् ।”
तालिबाना अधिकारीले किशोरीहरूलाई माध्यमिक विद्यालय जानबाट प्रतिबन्धित गरिएदेखि नै उनीहरूले इस्लामी कानूनको व्याख्यासँग मेल खाने प्रणाली स्थापना गर्न काम गरिरहेको बताउँदै आएका छन् ।
–कम्प्युटरको अभाव, इन्टरनेटको समस्या –
युनेस्कोको एक प्रतिवेदनअनुसार कोभिड–१९ महामारीको समयमा व्यापक ‘भर्चुअल शिक्षण विधि’ले यो ‘व्यक्तिगत शिक्षाको लागि आंशिक विकल्प’ भएको देखाएको छ ।
अफगानी विद्यार्थीहरूले इन्टरनेट प्रायः डाउन भएको वा अत्यन्त्ये ढिलो हुने भएको र बिजुली कटौती सामान्य भएको देशमा पटक पटक ‘लग इन’ गर्ने प्रयासको बोझको सामना गर्नुपरेको छ।अनलाइनबारे अनुसनधान गर्ने कम्पनी डाटा रिपोर्टलका अनुसार एक चौथाइभन्दा कम जनसङ्ख्याले इन्टरनेट प्रयोग गर्छन् । अफगानिस्तानमा गरिबीको दर निकै कम भएकाले कम्प्युटर पनि धेरैले धान्न नसक्ने विलासिता हो ।
अमनका अनुसार बेगम एकेडेमीका करिब ९० प्रतिशत विद्यार्थीले सिक्नका लागि फोनको प्रयोग गर्छन् । तर १८ वर्षीया आइशाल ती निराशाहरूभन्दा पनि विद्यालयको सामाजिक पक्षलाई बिर्सनुभएको छैन । उहाँले भन्नुभयो, “अनलाइन कक्षा भौतिक कक्षा जत्तिकै प्रभावकारी हुन सक्दैन, जहाँ हामी हाम्रा साथीहरू र हाम्रा शिक्षकहरूलाई भेट्छौं र हाम्रा विचारहरू आदानप्रदान गर्छौं।“अनलाइन पाठ्यक्रमले हामीलाई आशा मात्र दिन सक्छ”, उहाँले भन्नुभयो, तर हामी कहिल्यै भन्न सक्दैनौं, ‘मैले अनलाइन पढेको छु र स्नातक गरेको छु’ ।” रासस/एएफपी