२०८१ आश्विन ६ , आइतवार

‘बोक्सीको घर’ को ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौ ।

केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा यता न उता’ सार्वजनिक भएको छ । गीतमा सुलक्षण भारतीको शब्द, मनिष निरौलाको संगीत, स्वीअरिती र निहारिकाको स्वर छ ।

भिडियोमा केकी र भारती फिचर्ड छन् । भिडियोमा उनीहरुको विवाह र त्यसपछिको अवस्थालाई देखाइएको छ ।आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर केकीले यो फिल्म निर्माण गरेकी हुन् । सोसल–थ्रिलर जनरामा निर्माण भएको फिल्मले कथित बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने हिंसाको कथा पेश गर्छ । फिल्मको शीर्ष भूमिकामा समेत केकी स्वयं देखिएकी छन् ।

फिल्ममा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला र सविन बास्तोलाको अभिनय छ ।भारतीको लेखन तथा निर्देशन रहेको फिल्ममा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी छन् । कार्यकारी निर्माता राज घिमिरे हुन् । लोचन रिजालको ब्याकग्राउण्ड स्कोर रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ ।वैशाख १४ गते फिल्म प्रदर्शन तयारी छ ।