२०८१ आश्विन ६ , आइतवार

‘नायक’को दोस्रो श्रृंखला बन्दै

Capture

सुनाखरी न्युज/ काठमाडौ ।
अभिनेता अनिल कपुर र अभिनेत्री रानी मुखर्जी स्टारर ‘नायक’ दर्शकले सर्वाधिक रुचाएको राजनीति र एक्सनपूर्ण मनोरञ्जन फिल्ममा पर्दछ । फिल्मले अप्रत्याशित रूपमा मुख्यमन्त्री बनेका शिवाजी राव (अनिल कपूर)को जीवनलाई चित्रण गरेको छ । निर्देशक एस शंकरले बनाएको मध्ये सर्वाधिक हेरिएको फिल्ममा ‘नायक’ पनि पर्दछ । फिल्मको पर्दामा मात्र होइन, टेलिभिजनमा पनि यो फिल्म सर्वाधिक हेरिएको छ ।

अब भने यो फिल्म निर्माणको २३ वर्षपछि सिक्वेल ‘नायक २’ बन्ने भएको छ । सिद्धार्थ आनन्दले निर्माण गर्ने फिल्मको निर्देशन मिलन लुथ्रियाले गर्नेछन् । उनीहरुले मार्फिक्लस पिक्चरको व्यानरमा यो फिल्म बनाउन लागेका हुन् । ‘नायक २’लाई राजनीतिको पृष्ठभूमिमा व्यावसायिक मसलेदार फिल्म बनाउने तयारीमा सिद्धार्थ र मिलन लागेका छन् ।

मिलनले पछिल्लो पटक फिल्म ‘तडप’ निर्माण गरेका थिए ।‘नायक २’लाई उनीहरू एक्सनपूर्ण फिल्म बनाउने तयारीमा छन् । फिल्मका लागि ‘ए’ सूचीकृत अभिनेता लिने तयारीमा छन् । फिल्म सन् २०२४ को मध्यतिर फ्लोरमा जानेछ ।